मेरो कित्ता प्रणालीको मोबाइल एप सार्वजनिक l
आज मिति 2083 साल जेष्ठ २१ गतेका दिन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय प्रतिभा रावलज्यूबाट नापी विभागले विकास गरेको मेरो कित्ता मोवाईल एप एक समारोहका बीच सार्वजनिक गर्नु भएको छ । एण्ड्रोइड तथा IOS मोवाईल Compatible उक्त एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मेरोकित्ता एप प्रयोग गरी नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखांकन सेवाका लागी निवेदन दिन सकिने, राजश्व तिर्न सकिने र नक्सा, फिल्डबुक, प्लट रजिष्टर डाउनलोड गरी आवश्यकता अनुसार प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ । मेरो कित्ता एपमा नापी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीको सम्पर्क नम्बर समेत राखिएको छ । साथै मेरोकित्ता web version मा पनि उपलब्ध छ ।