नेपाल सरकार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग
नेपाल भर प्रकाशन तथा उत्पादन हुने विभिन्न प्रकारका नक्शाहरुमा एकरुपता ल्याउने उद्देश्यले यस नाप नक्सा समिति गठन गरिएको छ । विभिन्न मन्त्रालयहरु सदस्य रहने यस समितिको प्रमुख जिम्मेवारीहरु देहायअनुसार रहेको छ ।
१. विभिन्न मन्त्रालय, विभाग तथा संगठनहरुबाट तयार गरिने नक्शाहरुमा प्राविधिक सुझाव तथा सहयोग गर्ने र उक्त नक्शाहरु प्रकाशन गर्न स्वीकृत गर्ने ।
२. सम्पूर्ण प्रकाशित नक्साहरुलाई सुरक्षित रुपमा केन्द्रीय अभिलेखको रुपमा नापी विभागमा राख्न लगाउने ।
३. नेपाल भरमा नाप नक्शाको क्षेत्रमा एकरुपता ल्याउने ।
४. नाप नक्शा संग सम्वन्धित निति निर्माणमा नेपाल सरकारलाई राय/सुझाव दिने ।
५. विभिन्न सरकारी निकायहरु संग नाप नक्शा सम्वन्धी संयोजकको भूमिका निर्वाह गर्ने, नाप नक्शामा दोहोरोपना हटाउने र नक्शाहरुको गुणस्तर वृद्धि गर्न ।
यस समिति देहायअनुसार गठन गरिएको छ ।
सचिव, भूमिसुधार तथा व्यवस्था मन्त्रालयः अध्ययक्ष
प्रतिनिधि, गृह मन्त्रालयः सदस्य
प्रतिनिधि, रक्षा मन्त्रालयः सदस्य
प्रतिनिधि, परराष्ट्र मन्त्रालयः सदस्य
प्रतिनिधि, कानून न्याय संविधान सभा तथा संसदीय व्यवस्था मन्त्रालयः सदस्य
प्रतिनिधि, अर्थ मन्त्रालयः सदस्य्
प्रतिनिधि, भूगोल केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयः सदस्य
महानिर्देशक, नापी विभागः सदस्य-सचिव
यस समितिलाई सहयोग गर्न प्राविधिक उप-समिति समेत गठन गरिएको छ ।
14-Jul-2020
12-Jul-2020
09-Jul-2020
28-Jun-2020
15-Jun-2020